जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्नुहुँदैन: मन्त्री गुरुङ

  |   प्रकाशित :

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्न नहुने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घले ४१ औं सामाजिक सेवा दिवसका उपलक्ष्यमा जुममार्फत आयोजना गरेको बहस कार्यक्रममा मन्त्री गुरुङले जनताका निम्ति सेवा दिने निजी संस्था नाफामूलक बन्न नहुने बताएका हुन् ।

मन्त्री गुरुङले सामाजिक सेवाका नाममा नाफा कमाउने र समाजमा थप विकृति फैलाउने काम गर्ने संस्थालाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे । सामाजिक सेवाका क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवका क्षेत्रका रुपमा विकास गर्न सरकारको आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारा, नारामा मात्र सीमित नहुने उहाँले प्रष्ट पारे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech