चीनद्वारा पाकिस्तानको राजदूतमा व्यापार विज्ञलाई नियुक्त

  |   प्रकाशित :

बेइजि । चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) लाई प्रबर्द्धन गर्न उद्देश्‍यले चीनले व्यापार विज्ञलाई पाकिस्तानको राजदूतमा नियुक्त गरेको छ ।

यसअघि कूटनीतिबारे त्यति धेरै ज्ञान नभएका व्यक्तिलाई चीनले पाकिस्तानको राजदूतमा नियुक्त गरेको हो । कूटनीतिज्ञका रूपमा औपचारिक अनुभव नभए पनि नोङ रोङ गुआङ्सी जुआङका स्वायत्त क्षेत्रका कम्युनिष्ट पार्टीका जातीय र धार्मिक मामिलामा आयोगका सेक्रेटरी हुन् । उनलाई चिनियाँ विदेश मन्त्रालयले निर्वतमान राजदूत याओ जिङको ठाउँमा पठाउने निर्णय गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

“नोङ कूटनीतिज्ञका रूपमा प्रशिक्षित नभए पनि उनीसँग दक्षिणपूर्वी एसियाली देशहरूसँग आर्थिक कूटनीतिको अनुभव छ,” शंघाई म्युनिसिपल सेन्टर फर इन्टरनेसनल स्टडीजका दक्षिण एशियाका विशेषज्ञ वाङ देहुआले भने । "उनले जातीय र धार्मिक मामिला आयोगको नेतृत्व गरेका तथ्यले उनी संवेदनशील मुद्दाहरूमा व्यवहार गर्न सक्षम छन् भन्ने कुरा देखाउँछ ।"

नोङको मुख्य भूमिका मध्येको एक - बेइजिङको बेल्ट र रोड पहल अन्तर्गत ६२ बिलियन अमेरिकी डलरको कार्यक्रम चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) लाई प्रबर्द्धन गर्नु रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech