चीनको दोङगुआनस्थित हुआवे कम्पनीको कार्यालयमा आगजनी

  |   प्रकाशित :

चीन । दोङगुआनस्थित हुआवे कम्पनीको एक अनुसन्धान केन्द्रमा आगलागी भएको छ । 

सो अनुसन्धान केन्द्रमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सरकारी अधिकारीका अनुसार चिनियाँ कम्पनी हुआवेले हालै एक नयाँ अनुसन्धान सुरु गरेको थियो । 

तर शुक्रबार अचानक उक्त भवन आगो र धुवाँको मुस्लोले भरियो । सोंगसान लेकस्थित यस औधोगिक क्षेत्रमा हुआवेको भवनमा आगजनी हुँदा धुवाँको मुस्लोले बादलको रुप लिएको थियो । आगजनीपछि घटनास्थलबाट कामदारहरुको उद्धार भएको थियो । तीनजना भने भवनभित्रै मृत अवस्थामा भेटिएका हुन् । 

उनीहरु सोही कम्पनीका कामदार भएको पनि पहिचान खुलेको छ । घटनापछि १ सय ४० अग्नि नियन्त्रकको टोली त्यहाँ पुगेको थियो । सेतो रंगको भवनमा आगलागी भएको भिडियो भने चिनियाँ टेलिभिजन सिसिटिभीबाट पनि सार्वजनिक भएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech