मैथिली कलाकार श्याम पन्डितको अभिनयका रहेको ‘बचपन से हम पुजलौ माई’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । गायक प्रताप राज र गायिका राधिकाको स्वरमा रहेको ‘बचपन से हम पुजलौ माई’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । 

दशै निजिकै गर्दा गहकिलो तथा निकै सुरीलो आवाजमा रहेको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यस म्युजिक भिडियोमा माता भगवती प्रतीको भाव प्रकटका गर्नुका साथै, पौराणिक बिधिबाट पूजा तथा माता भगवती प्रतीको आस्था जस्ता कथा बस्तु समेटिएको छ ।

हामी हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ मनाउछौँ, र यसमा अझ थप मनोरञ्जनका लागि उक्त बजारमा ल्याइएको कलाकारहरु बताएछन् । गायक प्रताप राज र गायिका राधिकाको स्वरमा रहेको यस म्युजिक भिडियोमा मैथिली कलाकार श्याम पन्डित र पुजाको अभिनय देख्न सकिन्छ ।

साथै, यस म्युजिक भिडियोमा सुनिता, मन्जु, राजकुमार मण्डल, गंगाइ मण्डल, सोनु यादव लगायतको अभिनय रहेका छ । मैथिली विवाह चैनलको प्रस्तुतिमा रहेको ‘बचपन से हम पुजलौं माई’को गीतमा शब्द गायक प्रताप राजकै रहेको छ, भने संगीत अपसरा फिल्मस्ले दिएको छ । त्यूतै यस म्युजिक भिडियोको निदेर्शन भने रतन मण्डलले गरेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech