Logo

बुधवार, माघ ७ गते २०७७

मैथिली कलाकार श्याम पन्डितको निदेर्शनमा ‘खाली हात येलौ माता अही के द्धार’ बोलको माता भगवतीको धमाकेदार गीत सार्वजनिक

मैथिली कलाकार श्याम पन्डितको निदेर्शनमा ‘खाली हात येलौ माता अही के द्धार’ बोलको माता भगवतीको धमाकेदार गीत सार्वजनिक

नेपालपाना आश्विन १९ २०७७
  • 346
    SHARES
  • मैथिली कलाकार श्याम पन्डितको निदेर्शनमा ‘खाली हात येलौ माता अही के द्धार’ बोलको माता भगवतीको धमाकेदार गीत सार्वजनिक

    काठमाडौं । ‘खाली हात येलौ माता अही के द्धार’ बोलको माता भगवतीको धमाकेदार गीत सार्वजनिक भएको छ । 

    दशै निजिकै गर्दा गहकिलो तथा निकै सुरीलो आवाजमा रहेको ‘खाली हात येलौ माता अही के द्धार’ बोलको म्युजिक भिडियोसहितको गीत सार्वजनिक भएको हो । 

    यस गीतमा गायक राज कुमार मण्डल र बिनिता मण्डलको निकै सुरीलो आवाज सुन्न सकिन्छ । यस म्युजिक भिडियोमा माता भगवती प्रतीको भाव प्रकटका गर्नुका साथै, पौराणिक बिधिबाट पूजा तथा माता भगवती प्रतीको आस्था जस्ता कथा बस्तु समेटिएको छ ।

    हामी हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ मनाउछौँ, र यसमा अझ थप मनोरञ्जनका लागि उक्त बजारमा ल्याइएको कलाकारहरु बताएछन् । गायक राज कुमार र बिनिताको स्वरमा रहेको यस म्युजिक भिडियोमा रतन मण्डल र सुनिताको अभिनय देख्न सकिन्छ ।

    साथै, यस म्युजिक भिडियोमा गंगाराम मण्डल, पुजा चौधरी, सप्तरीया सन्नु, मन्जु लगायतको अभिनय रहेको छ। मैथिली विवाह चैनल (https://www.youtube.com/channel/UCg4wbUZYnsHgAiBEK5QkMEw?fbclid=IwAR03g_iUxdfKzvCoPGceQYDmllFnxQb9gy5n5HKvqebhJJJMWRjSX_kJA9Q ) को प्रस्तुतिमा रहेको  ‘खाली हात येलौ माता अही के द्धार’को गीतमा शब्द रतन मण्डलकै रहेको छ, भने संगीत मन्जय अन्सारीले दिएका छन् । त्यस्तै यस म्युजिक भिडियोको निदेर्शनमा भने, मैथिली कलाकार श्याम पन्डित र राजकुमार मण्डलले गरेका छन् । 

    आश्विन १९, २०७७ सोमवार १२:४१:५९ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana