'चुनावअघि कोभिड–१९ राहत प्याकेजमा डेमोक्रेटसँग वार्ता हुँदैन'

  |   प्रकाशित :

वासिङ्टन। कोभिड–१९ राहत प्याकेजका सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीसँग चुनाव अघिसम्म छलफल अन्त्य भएको घोषणा गरेका छन् । 

अमेरिकी केन्द्रीय बैंकले मुलुकको अर्थतन्त्रको अवस्था निकै नाजूक अवस्थामा रहेको विवरण सार्वजनिक गरेलगत्तै राष्ट्रपति ट्रम्पले थप आर्थिक राहत प्याकेजका बारेमा थप छलफल नगर्ने बताएका हुन् । राष्ट्रपति ट्रम्पले गरेका ट्वीटमा अमेरिकी संसद कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले असल मनशायका साथ वार्ता गर्न नचाहेको आरोप लगाए । 

राष्ट्रपति ट्रम्पले सिनेटमा बहुमत प्राप्त दल रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनललाई आफूले सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेकी एमी कोने ब्यारेटको संसदीय सुनुवाई तत्काल अघि बढाउन आग्रह गर्नु भएको छ ।

ट्रम्पले ट्वीटमा “मैले चुनाव अघिसम्म राहतका विषयमा वार्ता स्थगित गर्न पार्टीका सदस्यलाई भनिसकेको छु, र मैले राष्ट्रपतिको चुनाव जितेलगत्तै ठूलो राहत प्याकेज घोषणा गर्नेछु जसले मेहनेती अमेरिकी जनता र साना व्यवसायलाई मुख्य रुपमा ध्यान दिनेछ ।” भनेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech