भारतीय प्रधानमन्‍त्री मोदीको अभियानमा बलिउड कलाकारहरुको समर्थन

  |   प्रकाशित :

काठमाडौं । भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीको अभियानमा बलिउड कलाकारहरुले समर्थन जनाएका छन् । 

कोरोनाविरुद्धको लडाइँमा एकजुट भएर अघि बढ्न भारतका प्रधानमन्‍त्री नरेन्द्र मोदीले ‘युनाइट टु फाइट कोरोना’ अभियानको थालनी गरेका छन्। सोही अभियानमा सलमान खान, कंगना रनौटलगायत बलिउड कलाकारहरुले समर्थन जनाएका हुन् ।

उनीहरुले अभियानलाई समर्थन जनाउँदै सामाजिक सन्जालमार्फत कोरोनासँग बच्‍न अपनाउनुपर्ने उपायहरुबारे जनचेतना फैलाइरहेका छन् । अभियानमा समर्थन जनाउँदै अभिनेता सलमानले ट्‌विट गरेका छन् । अभिनेत्री कंगना रनौटले पनि ट्‌विट गर्दै प्रधानमन्‍त्री मोदीको यस जन-आन्दोलनमा सहभागिता जनाएकी छन् । 

यस्तैमा अभिनेत्री श्रद्धा कपुरले पनि मोदीको ट्‌विटलाई रिट्‌विट गर्दै लेखेकी छिन्, “दो गज कि दूरी, मास्क जरुरी ।” भारतमा कोरोना संक्रमितको संख्या ६८ लाख नाघिसकेको छ, कोरोना संक्रमणको जोखीमकै बीच जनजीवन पनि सामान्यमा फर्किसकेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech