भारतीय सेना चिनार ९ जवान क्लबले जम्मु काश्मीरका युवाको सिप विकासमा सहयोग गर्दै

  |   प्रकाशित :

कोरोना भाइरसको महामारीले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाएको छ ।

यस्तो अवस्थामा भारतीय सेनाको चिनार ९ जवान क्लबले जम्मु काश‍्मीरका युवाहरुको सीप विकासमा सहयोग गरिरहेको छ । चिनार ९ जवान क्लबले बारामुल्लाका युवाहरूलाई कम्प्युटर हार्डवेयर, फेशन डिजाईनिङ र व्यक्तित्व विकासलगायत उनीहरूलाई रोजगारीका लागि तयार गर्न सीप प्रशिक्षण प्रदान गरिरहेको छ ।

क्लबका प्रशिक्षक वाहिद अहमदले भने, “चिनार ९ जवान क्लब विगत तीन वर्षदेखि बारामुल्लामा क्रियाशील छ । क्लबले ज्ञान प्रदान गर्ने र जिल्लाका युवाहरूका बीच सीप विकास गर्ने लक्ष्य राखेको छ । हाल, हामी हस्पिटालिटी, खुद्रा व्यापार, अंग्रेजी बोल्ने, संगीत, कम्प्युटर हार्डवेयर र सफ्टवेयर, र अन्यमा कोर्स चलाइरहेका छौं । हामी बारामुल्ला जिल्लाका युवाहरूको भलाइका लागि थप पाठ्यक्रम विकास गर्ने योजनामा छौं ।”

“हामीले यहाँ पाँच समूह गठन गरेका छौं । हामी प्रत्येक समूहमा ३० जना विद्यार्थी भर्ना गर्दछौं । यद्पि फेसन डिजाईन कोर्समा ६० जना विद्यार्थी भर्ना भएका छन्,” उनले थपे । यस क्लबले जिल्लाका युवाबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको र राम्रो शिक्षा प्रदान गर्ने र उनीहरूलाई रोजगार दिन सहयोग पुर्‍याएको भन्दै प्रशंसासमेत भइरहेको छ ।

कोभिड-१९ महामारीका क्रममा विभिन्‍न विषयमा अनलाइन कक्षाहरु पनि सञ्‍चालन भइरहेका छन् । कम्युटर हार्डवेयरका विद्यार्थी रणदीप कौरले भने भने, “सुरुमा हामीसँग कोभिड १९ को लकडाउनका कारण कक्षाहरु भएका थिएनन् । तर विद्यालय कक्षा जस्तै, हामी अनलाइन सिकाइमा थियौं । अहिले सबै राम्रो भइरहेको छ । ”

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech