अस्पतालमा शय्यानजिकै गरिने जाँचले सङ्क्रमण फैलिन रोक्न सक्छ

  |   प्रकाशित :

अस्पताल भर्ना हुन लागेका वा भएका बिरामीमा गरिने 'र्‍यापिड बेडसाइट टेस्ट' भनिने द्रुत परीक्षणले अस्पतालभित्र फैलिने कोरोनाभाइरस सङ्क्रमण घटाउन सहयोग गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूले उक्त द्रुत परीक्षण विधिको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्। उक्त विधिले दुई घण्टामा नतिजा देखाएको थियो। सर्वस्वीकार्य परीक्षण विधिमा सङ्कलित नमुना प्रयोगशालामा पठाउनुपर्छ। तर त्यसका लागि लामो समय लाग्छ।

अध्ययनकर्ताहरूले त्यसको अर्थ द्रुत परीक्षण गरिएका बिरामीहरूलाई सङ्क्रमण देखिनेबित्तिकै आइसोलेशनमा राख्न सकिने बताएका छन्। त्यसले सम्भवतस् भाइरस फैलिने क्रमलाई घटाउनेछ। उनीहरूले यूकेको न्याश्नल हेल्थ सर्भिसलाई चाँडै यस्तो परीक्षण बढाउन आह्वान गरेका छन्।

उक्त अध्ययन प्रतिवेदन 'द लान्सि रेस्परटरी मेडिसन'मा प्रकाशित भएको छ। गत मार्च र एप्रिलमा साउथह्याम्पटक जेनरल हस्पिटलका वैज्ञानिकहरूले कोरोनाभाइरसको लक्षण देखिएका ५०० मानिसमा उक्त विधिबाट परीक्षण गरेका थिए।

उक्त परीक्षण बिरामी बसेका शय्यानजिकै गरिएको थियो र एउटा वार्डमा एउटै उपकरण प्रयोग गरिएको थियो। उनीहरूले उक्त 'बेडसाइड र्‍यापिड टेस्ट'को नतिजालाई नाक वा घाँटीको स्वाब दिएर परीक्षण गरिएका करिब ५०० बिरामीसँग तुलना गरेर हेरेका थिए। ती बिरामीको परीक्षणका लागि नमुना एउटा छुट्टै प्रयोगशालामा पठाइएको थियो।

शय्यानजिकै परीक्षण गरिएका बिरामीलाई स्वाब दिएर त्यसको नतिजा पर्खिने बिरामीहरूभन्दा औसतमा एक दिनअगाडि नै कोरोनाभाइरसका लागि छुट्ट्याइएका आइसोलेशन वार्डमा सार्न सकिने उक्त अध्ययनले देखाएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech