स्पेनमा कोरोना महामारीको दोस्रो लहर सुरु, गर्यो आपतकाल घोषणा

  |   प्रकाशित :

एजेन्सी । स्पेनमा १५ दिनको आपतकाल घोषणा गरिएको छ । 

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्पेनमा फेरि प्रतिबन्ध लगाउन थालिएको हो । संक्रमण बढेपछि राजधानी मड्रिडमा १५ दिनको आपतकाल घोषणा गरिएको छ ।

एक हप्ता अघि लगाइएको आंशिक लकडाउन हटाइएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो । मड्रिडमा आपतकालीन अवस्था लागु गर्नका लागि सात हजार भन्दा बढी प्रहरी परिचालन हुनेछन् ।

मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेपछि केन्द्र सरकारले आपतकाल लागु गरेको हो । महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech