अफगानिस्तानमा बम विस्फोट, दश सैनिक र तीन सर्वसाधारण मारिए

  |   प्रकाशित :

अफगानिस्तान । तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् ।

सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् । अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । 

उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो । सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए । बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् ।

हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ ।एएनआई

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech