भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुने निश्कर्ष, यस्ताे छ वास्तविकता

  |   प्रकाशित :

काठमाडौं । ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार सन् २०५० सम्ममा भारतीय अर्थतन्त्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुनेछ ।  

भारतीय अखबार हिन्दुस्तान टाइम्सले उक्त अध्ययनले यस्तो निश्कर्ष देखाएको लेखेको हो । अध्ययन अनुसार अर्थतन्त्रका हिसाबले सन् २०५० सम्म संयुक्त राज्य अमेरिका र चीनपछि भारत तेस्रो स्थानमा पुग्ने भनिएको छ । 

सन् २०३० सम्ममा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ भने सन् २०५० सम्ममा तेस्रो स्थानमा पुग्नेछु, अध्ययनले भनेको छ। हाल भारतभन्दा अघि फ्रान्स र बेलायत रहेको छ। भारत विश्व अर्थतन्त्रमा पाँचौं स्थानमा छ। 

अनुसन्धानकर्ताहरूले विभिन्न देशको काम, उमेर समूह र जनसंख्या प्रवृत्तिको अध्ययन गरेका थिए। जसबाट संकलन भएका तथ्यांकहरु ग्रोस डोमेस्टिक प्रोडक्ट गणना गरे। सन् २०१७ मा भारत विश्वको सातौं ठूलो अर्थतन्त्र थियो। अध्ययनले सोही वर्षलाई आधार मानेर देशमा भइरहेको विकासको हिसाब गर्यो। 

जसअनुसार सन् २०३० सम्ममा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ भने सन् २०५० सम्ममा तेस्रो स्थानमा पुग्नेछ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech