Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कोरोना भाइरस संक्रमणमुक्त भएसँगै ट्रम्प चुनावी अभियानमा सहभागी

कोरोना भाइरस संक्रमणमुक्त भएसँगै ट्रम्प चुनावी अभियानमा सहभागी

नेपालपाना आश्विन २७ २०७७
  • 11.4K
    SHARES
  • कोरोना भाइरस संक्रमणमुक्त भएसँगै ट्रम्प चुनावी अभियानमा सहभागी

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । 

    संक्रमणमुक्त भएसँगै ट्रम्प चुनावी अभियानमा सहभागी भएका छन् । ट्रम्प फ्लोरिडाको चुनावी कार्यक्रममा सहभागी भएका हुन् । 

    ट्रम्पको चुनावी अभियानमा हजारौं सहभागी भएका थिए । ट्रम्पले नोभेम्बर ३ मा जोय बिडेनसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । दोस्रो कार्यकालका लागि ट्रम्पले बिडेनको कडा चुनौतीका सामना गर्नुपर्ने हुनसक्छ ।

    यसअघि ट्रम्प कोरोना भाइरसको संक्रमणका कारण केही दिन अस्पताल भर्ना भएका थिए । अस्पतालबाट उनी कारको यात्रामा समेत निस्किए । संक्रमणमुक्त नभई ह्वाइट हाउस फर्किएका थिए ।

    आश्विन २७, २०७७ मंगलवार १०:१८:०२ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana