भरतका केन्द्रीय मन्त्री पासवानको दुःखद्  निधनमा काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम

  |   प्रकाशित :

काठमाडौं । भरतका केन्द्रीय मन्त्री रामविलाष पासवानको निधनको श्रद्धाञ्जली कार्यक्रम काठमाडौंमा पनि आयोजना गरिएको छ । 

विजय घिमिरे विश्वकर्मा संस्थाको आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रेम जिसीले स्वर्गीय रामविलाष पासवनलाई भारतीय दलित आन्दोलनको अथक योद्धा दक्षिण एशियाकै दलित आन्दोलनका प्रेरणाका स्रोतको रुपमा चित्रण गरेका थिए ।

कार्यक्रममा दलित समूदायबाट सगरमाथामा पहिलो पाईला टेक्न सफल विजय घिमिरे विश्वकर्माले दलित स्मूदायलाई हरेक पक्षमा बञ्चित गरिएको दक्षिण एशियाको समाजमा विभिन्न समस्या र संघर्षको बावजुद दलित समूदायको अधिकार प्राप्तीको लागि योगदान गर्ने रामविलाष पासवानलाई सधैं सम्झिरहने विश्वास दिलाए ।

यस क्रममा सामाजिक अभियन्ता पुण्य गौतमले राज्यले दलितमाथि अन्याय गरेको उल्लेख गर्दै उनीहरुलाई हर क्षेत्रमा अगाडि बढाउनुपर्ने धारणा राखे । उक्त कार्यक्रमको सभापतित्व गरेका राजन विश्वकर्माले यो राज्य र यो समाजले दलित समूदायमाथि विभेद गरेको दुःख व्यक्त गरे । उनले भने,‘विभेद गर्नु अन्याय हो । विभेद सधैंको लागि अन्त्य हुनुपर्छ ।’ उक्त कार्यक्रमको सञ्चालन युवा समाजसेवी वीरजन विश्वकर्माले गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech