चर्चित गायक बुल्ट्न यादवको स्वरमा रहेको ‘किया हैस हैसके सुगनी’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । चर्चित गायक बुल्ट्न यादव र गायिका ज्योति विश्वकर्माको स्वरमा रहेको ‘किया हैस हैसके सुगनी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गहकिलो तथा निकै सुरीलो आवाजमा रहेको यस म्युजिक भिडियोमा एक अन्जान केटाले केटीलाई मन पराएर ‘किया हैस हैसके सुगनी दिल पे वार करैछी’ भनेर जिस्काएको र केटीले पनी उनको कुरामा भावुक बनेकी जस्ता कथा बस्तु समेटिएको छ ।

एक अन्जान केटाले केटीलाई पहिलो पटक भेटेको, जिस्काएको, फकाएको देखि एक अर्कालाई मन पराएको समेत यसमा देखाउन खोजिएको छ । चर्चित गायक बुल्ट्न यादव र गायिका ज्योति विश्वकर्माको स्वरमाआवाज रहेको यस म्युजिकमा शब्द सरोज मण्डलको रहेको छ । 

गीतको भिडियोमा जय राम यादव र एन्जल सोनीको अभिनय देख्न सकिन्छ । एमके म्युजिक आर्टको प्रस्तुतिमा रहेको ‘किया हैस हैसके सुगनी’को छायांकन भने गजेन्द्र गज्जुले गरेका छन्, भने संगीत शैलेन्द्र विश्वकर्मा र परस मनिको रहेको छ । 

मैथिली कलाकार बुल्ट्न यादव बिगत १८ वर्ष देखि मैथिली गित संगीत मा जुडेका छ्न। उहाँ १८ बर्ष देखि स्टेज कार्यक्रममा सहभागी रहेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech