किर्गिजस्तानमा संकटकाल घोषणा गर्ने राष्ट्रपतिको आदेशलाई संसदद्वारा अनुमोदन

  |   प्रकाशित :

काठमाडौं । किर्जिस्तानका राष्ट्रपति सूरोनबाई जीन्बेकोभको आदेशलाई संसदले अनुमोदन गरेको छ ।

किर्जिस्तानको संसदले मुलुकमा संकटकाल घोषणा गर्ने राष्ट्रपति जीन्बेकोभको आदेशलाई अनुमोदन गरेको हो । हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राजधानी समेत देशका विभिन्न शहरमा विरोध प्रदर्शन भएपछि राष्ट्रपति सूरोनबाईले संकटकाल घोषणा गरेका थिए ।

राष्ट्रपति सूरोनबाईले शुरुमा राजधानी विश्केकमा गत शुक्रबार संकटकालीन आदेश जारी गरेका थिए, तर कानुन बमोजिम संसदले तीन दिनभित्र राष्ट्रपतिको आदेशलाई अनुमोदन गर्न असफल भएको थियो । सोमबार, राष्ट्रपतिले दोस्रो पटक आदेश जारी गर्नु भएको थियो र मंगलबार त्यसलाई संसदले अनुमोदन गरेको हो ।

किर्गिजस्तानका राष्ट्रपतिको राजीनामा माग्दै राजधानी विश्केक समेत धेरै स्थानमा हिंसात्मक विरोध प्रदर्शन समेत भएका छन् । गत अक्टोबर ४ मा सम्पन्न संसदको चुनावमा सत्तारुढ दलले नै चुनाव जितेको घोषणा गरेलगत्तै विपक्षीहरुले चुनावमा धाँधली भएको भन्दै विरोध शुरु गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech