अफगानिस्तानमा तालिबानको भिषण आक्रमण, मारिए १६ जना सुरक्षाकर्मी 

  |   प्रकाशित :

अफगानिस्तान । तालिबानका लडाकूले गरेको आक्रमणमा परि १६ जना सुरक्षाकर्मी मारिएका छन् । 

तालिबानका लडाकूको आक्रमणमा परि १६ जना सुरक्षाकर्मी मारिनुका साथै आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको स्रोतले जानकारी दिएको छ । 

बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ ।

तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ ।

उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी रहेको छ । अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु नियमित रुपमा भइरहेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech