कक्षा १२ अध्ययनरत साढे चार लाख विद्यार्थी अन्योलमा

  |   प्रकाशित :

काठमाडौं । कक्षा १२ अध्ययनरत करिब साढे चार लाख विद्यार्थी अन्योलमा छन् । 

परीक्षा स्थगित भएको सात महिनासम्म कुनै निर्णय नहुँदा कक्षा १२ अध्ययनरत विद्यार्थी अन्योलमा परेका हुन् । सरकारको ठोस निर्णय नआउँदा राष्ट्रिय परीक्षा बोर्डका अधिकारी पनि अन्योलमा देखिन्छन् ।

कक्षा १२ को परीक्षा नहुँदा विद्यालय तह पूरा गरेर विश्वविद्यालय प्रवेशको ढोका खुलेको छैन । विश्वविद्यालयहरूले स्नातक पहिलो वर्षको भर्ना प्रक्रिया सुरु गर्न पाएका छैनन् । कक्षा १२ को परीक्षाबारे सरकारबाट निर्णयको प्रतीक्षामा रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए । 

केही दिनअघि मन्त्रिपरिषद्ले सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालनका लागि बाटो खोलेको थियो । तर, लाखौँ विद्यार्थी सहभागी हुने भएकाले शिक्षा मन्त्रालय र बोर्ड छुट्टै निर्णयको पर्खाइमा छन् । बोर्डले अध्ययनपछि परीक्षा विकल्प सुझाउँदै सरकारलाई प्रतिवेदन बुझाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech