हुम्लामा चीनले सीमा मिचेको पुष्टि भएपछि प्रदर्शनमा उत्रियो नेविसंघ, दार्चुलामा ओली र चीनको साँठगाँठको कडा विरोध !

  |   प्रकाशित :

काठमाडौं । हुम्लामा सीमा मिचेको भन्दै चीनविरुद्ध नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ।

केपी ओली सरकारले चीनसँग साँठगाँठ गरेर उक्त भूमि सुम्पिरहेका बेला कांग्रेस आफै निरीक्षणमा गएर चीनले भूमि मिचेको तथ्य बाहिर ल्याएको थियो। भूमि मिचेको तथ्या बाहिर आएपछि नेविसंघले भूमि फिर्ताको माग गर्दै प्रदर्शन सुरु गरेको हो। प्रदर्शनको सुरुवात दार्चुलाबाट गरिएको छ। चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको हो ।

हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी समेत गरेको छ । सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुँदा आफूहरुले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिए ।

नेविसंघका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए । उनीहरुले ‘गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ जस्ता नारा लगाएका थिए । विरोध र्यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघका कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech