हुम्लामा सीमा मिचिएको तथ्य बाहिर ल्याएको नेपाली कांग्रेसमाथि खनियो चीन, 'प्रो इण्डियन' भन्दै लगायो गम्भीर आरोप

  |   प्रकाशित :

काठमाडौं । नेपाल र चीनबीच सम्बन्धलाई उचाई दिने नेता थिए, विपी कोइराला । जो नेपाली कांग्रेसका संस्थापक हुन् । त्यतिबेला चीन र नेपालको हैसियत बराबरी थियो ।

चीनको नेतृत्वले नेपालको नेतृत्वलाई सम्मान गर्थ्यो। अहिले अवस्था यस्तो आयो कि कम्युनिस्टहरु सत्ता जोगाउन चीनको टाङमुनि छिरेका छन् । त्यसको फाइदा चीनले लिइरहेको छ । जसकारण जसले नेपाल चीन सम्बन्धलाई उचाई दियो, उसैको पार्टीलाई चीनले भारत समर्थितको आरोप लगाइरहेको छ । आजको अवस्था सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले निम्त्याएको दुई मत नै छैन । यसको सिकार कांग्रेस पनि भएको छ । सत्य तथ्य बाहिर ल्याउँदा कांग्रेस चाइनाको निशानामा परेको छ ।

प्रसंग हो हुम्लामा सीमा मिचिएको घटनाको । सरकार, सत्तारुढ नेकपाले चीनकै दावीमा हो मा हो मिलाउँदै आफ्नै भूमिमा दाबी गर्न सकिरहेका छैनन्। यसको कारण हो सत्तामा चीनको आर्शिवाद रहनु । सत्ता मिलेपछि खबरदारी गर्ने काम हो प्रतिपक्षको । हुम्लाको हक गर्यो पनि । इन्जिनियरसहित कांग्रेसले प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीको नेतृत्वमा नाम्खा गाउँपालिकाभित्र पर्ने सीमा क्षेत्रको निरीक्षणमा टोली खटायो ।

टोलीले १२ नम्बर पिल्लरदेखि चीनले कब्जा गरेर एकतर्फी रुपमा भवन बनाएको ललुङजङ, ११ नम्बर पिल्लरदेखि हिल्सासम्मका सबै पिल्लरको अवस्था ११ दिनसम्म लगाएर अध्ययन गर्योट । अध्ययनका क्रममा चीनले एउटा होइन ४ ठाउँमा सीमा मिचेको फेला पर्योा । कांग्रेसले स्थलगत अध्ययनको प्रतिवदेन नै बनाएर यो कुरा बाहिर ल्यायो । सरकार, प्रशासन र सत्ता पक्ष चाइनासँग कसरी मिलेर नेपाली भूमि सुम्पिँदै छ भन्ने पनि पुष्टि भयो ।

यति भएपछि चीनले शनिवार हुम्लाको सत्य बाहिर ल्याउने कांग्रेसमाथि प्रो इण्डियनको आरोप लगाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले बुराङ काउन्टीका विदेश सम्बन्ध कार्यालय निर्देशकलाई उद्धृत गर्दै नेपालले चीनको सीमा मिचेको उल्लेख गरेको छ । नेपाल सीमा मिचेको कुरा नेपालको सरकारले स्वीकार गरिसकेको भन्दै भारत समर्थित कांग्रेसले घटनालाई उत्थान गरेको आरोप लगाएको छ । चीनले औपचारिक रुपमै कांग्रेसलाई भारत समर्थित भनेको हो ।

भारतको इशारामा सीमाको विषय उचालेको चीनले आरोप लगाएको छ । चीनले भारत समर्थित भनेपछि कांग्रेसका कार्यकर्ता कडा विरोध जनाएका छन् । कांग्रेसले हालसम्म औपचारिक धारणा भने सार्वजनिक गरेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech