Logo

शनिवार, मंसिर १३ गते २०७७

भ्रष्टाचार आरोपीसँग डराउन थाल्यो अख्तियार, ७० करोड काण्डका नाइके गोकुल बाँस्कोटासँग 'जी हजुर' गर्दै घरमै पुग्यो वयान लिन

नेपालपाना कार्तिक ३ २०७७
  • 7
    SHARES
  • भ्रष्टाचार आरोपीसँग डराउन थाल्यो अख्तियार, ७० करोड काण्डका नाइके गोकुल बाँस्कोटासँग 'जी हजुर' गर्दै घरमै पुग्यो वयान लिन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नेकपाका नेता गोकुल बाँस्कोटाको वयान स-सम्मान लिएको छ ।

    भ्रष्टाचारीलाई नियन्त्रणमा लिएर वयान लिई मुद्दा चलाउँदै आएको अख्तियार यसपालि भने भ्रष्टाचार आरोपीसँग डराई डराई वयान लिएको हो ।

    नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई कार्यालयमै बोलाएर कडिकडाउ प्रश्नसहित वयान लिएको अख्तियार अहिले सत्तासँग डराउँदै वयान लिन भ्रष्टाचारीको घरमै पुग्न थालेको छ ।

    अख्तियारले प्रधानमन्त्री केपी ओलीका प्रिय पात्र गोकुल बाँस्कोटाको वयान बालकोट पुगेर जी हजुर गर्दै लिएको हो । सेक्युरिटी प्रेस खरीदसम्बन्धी ७० करोड काण्डका नाइके बाँस्कोटा प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन्। बाँस्कोटा ओलीका विश्वासपात्र हुन् ।

    एकातिर ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको भनेर गफ ठोक्दै हिँडिरहेका छन् भने अर्कोतिर भ्रष्टाचार आरोपीलाई आफ्नै घरमा राखेर जोगाउन खोजिरहेका छन् । ओली राजमा भ्रष्टाचारसम्बन्धी काण्ड त कति भए कति । तर उनी सुशासनको गफ ठोक्दै हिँडिरहेका छन् ।

    अख्तियारका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओली रिसाउने डरमा घरमै गएर स सम्मान वयान लिइएको हो । आयोगका तत्कालिन अनुसन्धान अधिकृत प्रवीण पोखरेलसहितको टोली बालकोट पुगेर महिना दिनअघि वयान लिएको ती अधिकारीले जानकारी दिए । वयानका क्रममा बाँस्कोटाले अख्तियारका अधिकारीलाई हप्की दप्की देखाएका थिए ।

    यसरी अख्तियार घरमै गएर वयान लिन थाले भ्रष्टाचारीको मनोबल उच्च हुने र अनुसन्धान पनि प्रभावित हुने चिन्ता सरोकारवालाले गरेका छन् । ७० करोड टेप बार्गेनिङ प्रकरणमा बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।


    कार्तिक ३, २०७७ सोमवार ०६:२२:१५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana