Logo

शुक्रवार, मंसिर १२ गते २०७७

एलएसीमा चीनद्वारा थप खुफिया प्लेटफर्ममा थप वृद्धि र तैनाथी!

नेपालपाना कार्तिक ५ २०७७
  • 7
    SHARES
  • एलएसीमा चीनद्वारा थप खुफिया प्लेटफर्ममा थप वृद्धि र तैनाथी!

    नयाँ दिल्ली । चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक रूपमा भारतसँगको सीमा समस्या समाधान गर्न चाहन्छ भन्‍ने कुरा सार्वजनिक गर्दै आएको छ । तर, व्यवहारिक रुपमा चीनले सीमा समस्या समाधानको कुनै संकेत देखाएको छैन । 

    पछिल्लो खुफिया रिपोर्टका अनुसार चिनिया सेना पीपुल्स लिबरेशन आर्मीले भारतीय उपकरणमा नजर राख्‍न थप उपकरणहरू ल्याएको पाइएको छ । वास्तविक नियन्त्रण को रेखामा भारतीय पक्षका सबै गतिविधिहरुलाई अवलोकन गर्न चिनियाँ खुफिया प्रविधिहरु सीमा क्षेत्रमा तैनाथ गरेको पाइएको छ । 

    तर, भारतीय सेनाका अधिकारीहरुले भने चीनले आक्रमणको प्रयास गरेमा त्यसो जवाफ चीनलाई निकै महँगो पर्ने चेतावनी दिँदै आएका छन् । भारतीय सेनातर्फको यस्तो अभिव्यक्तिपछि चीनले सीमा क्षेत्रमा थप खुफयाहरु र प्रविधिहरु तैनाथि अवस्थामा राखेको चिनियाँ सरकारी स्रोतले जनाएको छ । 

    घटनाक्रमबारे जानकार स्रोतहरूले आइतबार गार्डियनलाई दिएको जानकारी अनुसार पीएलए कमाण्डरहरू भारतीय सैनिकहरूको बारेमा चिन्तित छन् र उनीहरूलाई अनजानमा नपार्न सुनिश्चित गर्नका लागि थप प्लेटफर्मको आवश्यकता छ ।

    चिनियाँ सेनाको ध्यान अब उनीहरुले दशकौंको अवधिमा कब्जा गरेको क्षेत्रको रक्षा गर्ने र ३० अगस्तमा भारतीय सेनाले रणनीतिक उचाइहरु नियन्त्रण गरेपछि उत्पन्‍न परिस्थितलाई नदोहोर्‍याउने पक्षमा पनि सचेतता अपनाउनेतर्फ रहेको छ । 

    “अब उनीहरूको ध्यान उनीहरू सकेसम्म बढी जानकारी संकलनमा रहेको छ । उनीहरू अनजानमा फस्‍न चाँहदैनन् । उनीहरूले थप प्लेटफर्महरू र उपकरणहरू ल्याएका छन् । जसको  उद्देश्य उनीहरू अहिले एक रक्षात्मक स्थितिमा रहनु हो । र उनीहरूले सेना, स्रोत र क्षेत्रको नोक्सानी भोग्नुपर्दैन भन्ने कुरा कसरी सुनिश्चित गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छन्,” एक अधिकारीले भने ।

    अप्रिलको अन्तिमदेखि सुरु भएको यो द्वन्द्व अब छैठौं महिनामा आएको छ र भारतीय सेना र यसका कमाण्डरहरूले यो स्पष्ट पारेका छन् कि उनीहरुले सुरुवाती आक्रमण गर्ने छैनन् ।


    कार्तिक ५, २०७७ बुधवार ०८:०२:४६ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana