Logo

शुक्रवार, मंसिर १२ गते २०७७

मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना अझै भएन पुरा, बिना मगरको दाबी घोषणामै सिमित !

नेपालपाना कार्तिक ५ २०७७
  • 4
    SHARES
  • मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना अझै भएन पुरा, बिना मगरको दाबी घोषणामै सिमित !

    काठमाडौं । यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौं उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

    यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित भएको छ ।

    अन्ततः पानी पथान्तरणको वैकल्पिक संरचना (अस्थायी डाइभर्सन)बाट सुरुङमा पानी पठाएर २०७७ को दशैँसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने खानेपानी मन्त्रालयको घोषणा घोषणामै सीमित भयो ।

    सुरुङमा जडान गरिएको (गेट) प्रवेशद्वारलाई पथान्तरण गरिएको पानीले भत्काएपछि यो दशैँमा पानी ल्याउन सम्भव नभएको मन्त्रालयको दाबी छ ।

    अन्तिम अवस्थामा अम्बाथानको प्रवेशद्वार भत्किएपछि चारवटै प्रवेशद्वारको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको मन्त्रालयको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।


    कार्तिक ५, २०७७ बुधवार ०८:२१:४० बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana