Logo

शुक्रवार, मंसिर १२ गते २०७७

प्रतिपक्षीमाथि ओलीको प्रतिशोध: बालुवाटार काण्डमा विष्णु पौडेललाई चोख्याउने, विजय गच्छदारको सम्पति रोक्का गर्ने?

नेपालपाना कार्तिक ५ २०७७
  • 2
    SHARES
  • प्रतिपक्षीमाथि ओलीको प्रतिशोध: बालुवाटार काण्डमा विष्णु पौडेललाई चोख्याउने, विजय गच्छदारको सम्पति रोक्का गर्ने?

    काठमाडौं । ललिता निवासले चर्चेको बालुवाटारको जग्गा अतिक्रमण काण्डमा सरकारले प्रतिपक्षीलाई ऐन र सत्तालाई चैनको नीति अख्तियार गरेको छ ।

    जसअन्तर्गत नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सत्तारुढ नेकपाका विष्णु पौडेललाई पुरस्कृत गरेर अर्थमन्त्री बनाइएको छ । अझ रोचक कुरा त के छ भने गच्छदार मन्त्रिपिरषदको नीतिगत निर्णयमा मात्रै सहभागी भएका हुन् ।

    तर जग्गा अतिक्रमण गरेर भोगचलन नै गरेका विष्णु पौडेललाई भने उन्मुक्ति दिइएको छ । नीतिगत निर्णयमा मुछिएका माधव नेपाल समेत चोखिइसकेका छन् । तर प्रतिपक्षि भएकै कारण नीतिगत निर्णयमा सहभागी भएपछि गच्छदारविरुद्ध सरकारले अख्तियारलाई लगाएर प्रतिशोध साध्ने काम गरिरहेको छ ।
     
    त्यतिमात्रै होइन प्रधानमन्त्री केपी ओली मातहत रहेको सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले गच्छदारको सबै सम्पत्ति नै रोक्का गरिदिएको छ । सम्पत्तिको वैधता नदेखिएको देखाएर गच्छदारमाथि सत्ता पक्षले प्रतिशोध साँधेको हो । जबकी आफ्नै पार्टीका ठूलादेखि साना नेतासम्मलाई भने ओलीले सहजै जोगाइरहेका छन् । ७० करोड घुस काण्डमा मुछिएका गोकुल बास्कोटालाई उनले काँधमै हालेका छन् । आजकल बाँस्कोटासँग अख्तियार पनि डराउने गरेको छ । घरमै जी हजुर गर्दै वयान लिइरहेको छ । यस्तो कांग्रेस नेतामाथि भने नभएको कुरा जोडेर दुस्ख दिनु प्रतिशोध साँध्ने काम भएको कांग्रेसका नेता कार्यकर्ता बताउँछन् ।


    कार्तिक ५, २०७७ बुधवार ०९:५५:५५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana