Logo

शुक्रवार, मंसिर १२ गते २०७७

जम्म‍ु काश्‍मीर: उपत्यका स्वस्थ रहनका लागि 'पेडल्‍स फर पिस' अभियान

नेपालपाना कार्तिक ५ २०७७
  • 5
    SHARES
  • जम्म‍ु काश्‍मीर: उपत्यका स्वस्थ रहनका लागि 'पेडल्‍स फर पिस' अभियान

    श्रीनगर । कश्मीरमा पछिल्लो समय विभिन्‍न अभियानहरु सञ्‍चालनमा ल्याएका छन् । यसअघि श्रीनगरको नेचुरल डाल ताल प्रबर्द्धनका लागि विशाल जमघट भए पनि यसपटक भने आफ्नो स्वास्थ्यका लागि ठूलो जमघट भएको छ । 

    आइतबार श्रीनगरको नेहरू पार्कमा सिभिक एक्शन प्रोग्राम अन्तर्गत साइकल दौड कार्यक्रम आयोजना गरिएको छ । जसलाई 'पेडल्स फर पिस' नाम दिइएको छ । यसको आयोजक प्रहरीलाई धन्यवादसमेत दिइएको छ । 

    “पेडल फर पिसल” कार्यक्रमको लेफ्टिनेन्ट गभर्नर (एलजी) का सल्लाहकार के के शर्माले बिहान ७ बजे प्रहरी महानिर्देशक दिलबाग सिंहको उपस्थितिमा झण्डा दिखाएर उद्‌घाटन गरेका हुन् ।

    जे&के प्रहरीले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार पछि उपराज्यपाल मनोज सिन्हाले विभिन्‍न वर्गका जेष्ठ, बालबालिका, युवा, किशोरकिशोरीहरु र दिग्गजहरूलाई नगद पुरस्कार दिएका हुन् । 

    काश्मिरी युवाहरुलाई संलग्‍न गराउन जे&के प्रहरीको प्रयासको सराहना गर्दै सिन्हाले ट्वीट गरे, 'जम्मु-काश्मीर प्रहरीले युवा केन्द्रित कार्यक्रमहरु सञ्चालन गरेकोमा र नागरिक क्रिया कार्यक्रम अन्तर्गत खेलकुद र सांस्कृतिक गतिविधिहरुलाई प्रवर्द्धन गर्न अभिनव उपायहरु अपनाएकोमा म सराहना गर्दछु ।'

    उनले थपे, 'म जम्मु काश्मीरका प्रत्येक नागरिकलाई उत्तम सुविधा प्रदान गर्न प्रतिबद्ध छु । प्रहरी-नागरिक कर्मचारीहरूको समग्र कल्याण पनि हाम्रो प्राथमिकता हो । उनीहरूका परिवारका सदस्यहरूको पनि कल्याणका लागि आवश्यक कदमहरू चालिरहेका छौं ।”

    सिंहले आफ्नो स्वागत सम्बोधनमा यस्तो ठूलो सहभागिता भनेको 'फिट काश्मीर र फिट काश्मिरको सन्देश फैलाउनु' रहेको बताएका छन् । 

    “एलजीको नेतृत्वमा प्रहरीले उपत्यकाका विभिन्न भागमा आयोजना हुने खेलकुद कार्यक्रम तथा चाडपर्वहरूको क्यालेन्डर बनाएको छ । तीमध्ये श्रीनगरमा पुलिस प्रिमियर क्रिकेट लिग, र गान्दरबल र हन्डवारामा चलिरहेको टी (२० क्रिकेट प्रतियोगिताहरू छन् । अर्को पुलिस प्रिमियर क्रिकेट लिग ९सोमबार० बडगाममा सुरु हुनेछ, ”उनले भने ।


    कार्तिक ५, २०७७ बुधवार १०:०६:२३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana