Logo

शुक्रवार, मंसिर १२ गते २०७७

ओलीलाई तरुण दलको चेतावनी : कि त जनताको नि:शुल्क परीक्षण र उपचार गर, कि सत्ता छोड

नेपालपाना कार्तिक ५ २०७७
  • 2
    SHARES
  • ओलीलाई तरुण दलको चेतावनी : कि त जनताको नि:शुल्क परीक्षण र उपचार गर, कि सत्ता छोड

    काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न सरकारलाई आग्रह गरेको छ ।

    दलका अध्यक्ष जितजंग बस्नेतले बुधवार विज्ञप्ति जारी गरेर परीक्षण र उपचार आफै गर्नुपर्ने निर्णय फिर्ता लिन चेतावनी दिएका छन् । उनले कि जनताको निशुल्क परीक्षण र उपचार गर्नुपर्ने कि सत्ता छोड्न प्रधानमन्त्री केपी ‌ओलीलाई चेतावनी दिएका छन् । 'रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र? ' उनले प्रश्न गरेका छन् । 

    यस्तो छ तरुण दलको विज्ञप्ति

    नेपालमा कोरोना भाईरसको संक्रमण सुरु भए देखि नै नेपाल तरुण दल केन्द्रिय समितिले सरकारलाई बेला बेलामा सुझाब र खबरदारी गर्दै आइरहेको कुरा यहाँहरु सबैमा सर्बबिदितै छ । तर सरकारको आफ्नै अकर्मण्यताका कारण आज दिनानु दिन संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ ।

    यस्तो महामारीको बेलामा सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्य भन्दा समान्य जिम्मेवारीबाट पनि पन्छिदै गएको छ । यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णयमा पुगेको छ यस्तो निर्णय अत्यन्तै खेदजनक छ ।

    सरकारको यो निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित छ । आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले यस्ता गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको नि:शुल्क परिक्षण र उपचार गर्नका लागि आग्रह गर्दछौ । अन्त्यमा फेरी पनि प्रश्न गर्न चाहान्छौ रोग भोक र अभाबमा जनताको साथमा नहुने सरकार आवश्यक भै रहन्छ र?


    कार्तिक ५, २०७७ बुधवार १४:३१:२५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana