Logo

शुक्रवार, मंसिर १२ गते २०७७

ओली शासनमा यस्तो पनि दिन आयो: पहिला धरौटी अनि मात्रै उपचार, उपचार नपाएर घरमै मर्ने भए गरिब !

नेपालपाना कार्तिक ५ २०७७
  • 2
    SHARES
  • ओली शासनमा यस्तो पनि दिन आयो: पहिला धरौटी अनि मात्रै उपचार, उपचार नपाएर घरमै मर्ने भए गरिब !

    काठमाडौं । चुनावका बेला केपी ‌ओलीले आफ्नो घोषणापत्रमा स्वास्थ्य उपचार जनताको मौलिक अधिकार हुने र त्यसलाई नेकपाले सम्मान गर्ने लेखेका थिए । 

    तर, अहिले उक्त प्रतिबद्धता र संविधान, कानुन र सर्वोच्च अदालतको आदेशबाट पछि हट्दै कोरोना परीक्षण र उपचार गर्न नसक्ने निर्णयमा ओलीकै सरकार पुगेको छ । ओलीको निर्णयले लाखौ गरिब मर्कामा परेका छन् । 

    विरामी आफैले उपचार खर्च व्यहोर्नुपर्ने निर्णयले निजी अस्पतालहरु भने मालामाल भएका छन् । निजीमात्रै होइन सरकारी अस्पतालले पनि सरकारी निर्णयका कारण शुल्क लिन थालेका छन् । 

    काभ्रेको धुलिखेल अस्पतालले त धरौटी नराखी उपचार नै नगर्ने नीति लिएको छ । ३५ सय लाग्ने उपचारमा पनि अस्पतालले ५० हजार धरौटी मागेको छ । यस्तो अवस्थामा गरिबहरु अस्पताल जानसम्म पनि सोच्न सक्दैन । उपचार नपाएर घरमै मृत्युवरणको अरु कुनै विकल्प हुनेछैन ।

    समाजवाद ल्याउने भनेर नारा दिएको ओली सरकार अन्तत गरिबलाई मार्नेगरी निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।

     


    कार्तिक ५, २०७७ बुधवार १५:०७:३२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana