Logo

शुक्रवार, मंसिर १२ गते २०७७

पाकिस्तानमा सेना र प्रहरी आपसमै भिडे: कराँचीमा १० प्रहरी र ५ सैनिकको मृत्यु, सेना हाई अलर्टमा

नेपालपाना कार्तिक ५ २०७७
  • 3
    SHARES
  • पाकिस्तानमा सेना र प्रहरी आपसमै भिडे: कराँचीमा १० प्रहरी र ५ सैनिकको मृत्यु, सेना हाई अलर्टमा

    पाकिस्तानमा सेना र प्रहरी आपसमै भिडेका छन् । इमरान खान सत्ताविरुद्ध सुरु भएको प्रदर्शनले गृहयुद्धको रुप लिइरहेका बेला सेना र प्रहरीबीच बुधवार झडप हुँदा कराँचीमा १० जना प्रहरी अधिकारीको मृत्यु भएको खबर सार्वजनिक भएको हो । 

    देशमा गृहयुद्ध जारी रहँदा पाकिस्तान सेनाका जवानले आफ्नै देश र नागरिकमाथि हमला गरिहरेका छन् । 

    ताजा खबरअनुसार पाकिस्तानी सेनाको रेन्जर्सले पुरै सिन्ध प्रान्तलाई हाई अलर्टमा राखेको छ । चर्चित समाचार संस्था द इन्टरनेसनल हेराल्डले दावी गरेको छ कि कराँचीमा पाकिस्तानी सेना र सिन्ध पुलिसबीच भारी गोलाबारीपछि सेनाले सिन्ध पुलिसका एक एसपी एमडी अफताव अनवरलाई नियन्त्रणमा लिने प्रयास गर्दा सिन्ध पुलिसले फायरिङ गर्दा ५ सैनिकको मृत्यु भएको छ । 

    यसबीचमा प्रहरी र सेनाबीच संघर्ष हुँदा कराँचीमा १० प्रहरी अधिकारी मारिएका हुन् । यो घटनाबारे हालसम्म पाकिस्तानी मिडियाले भने कुनै उल्लेख गरेका छैनन् । तर सामाजिक सञ्जालमा यो घटना भाइरल भइरहेको छ ।
     


    कार्तिक ५, २०७७ बुधवार १५:५५:४५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana