Logo

शुक्रवार, मंसिर १२ गते २०७७

बाडिनमा हिन्दू मन्दिर तोडफोड गर्ने एकजना पक्राउ 

नेपालपाना कार्तिक ६ २०७७
  • 6
    SHARES
  • बाडिनमा हिन्दू मन्दिर तोडफोड गर्ने एकजना पक्राउ 

    कराची । बाडिनको एक दुर्गम क्षेत्रमा हिन्दू मन्दिर तोडफोड गरेको आरोपमा एकजनालाई शनिबार पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेमा संदिग्ध मुहम्मद इस्माईल उर्फ ​​छट्टो शेदी रहेका छन् । उनीविरुद्ध अशोक कुमारले एफआईआर दर्ता गराएका छन् ।

    द एक्सप्रेस ट्रिब्यूनमा उपलब्ध एफआईआरको प्रतिलिपिमा कुमारले प्रहरीलाई बताए कि करीओ घन्वर सहरका निवासी इस्माईलले उनको गाउँ सामो गोथको एउटा मन्दिरमा तोडफोड गरेका हुन् । कुमारले इस्माईलले मन्दिरमा राखिएका मूर्तिहरूलाई क्षति पुर्‍यायो जनाइएको छ ।

    बाडिन प्रहरी प्रवक्ताले द एक्सप्रेस ट्रिब्यूनलाई एसएचओ करियो घनवार असगर सथियो र उनको टोलीले इस्माईललाई पक्राउ गरेको जानकारी दिएका छन् । उनीलाई एएफआईआर दर्ता भएको घण्टामै पक्राउ गर्न सफल भएकोसमेत जनाइएको छ । 

    यद्यपि उनले थपे, ूहामीले यकिन गर्न सकेका छैनौं कि इस्माईल मानसिक रुपमा स्थिर छ र उसले मुर्तिसलाई ृमूर्तिे जानाजानी नष्ट गरेको छ ।ू

    प्रहरी प्रवक्ताले मुद्दाको थप छानबिन भइरहेको जनाएका छन् । यसैबीच, बाडिनका एसएसपी शबीर सेठारले दुई घण्टाभित्र सम्बन्धित प्रहरीसँग अनुसन्धान रिपोर्ट माग गरेका छन् ।


    कार्तिक ६, २०७७ बिहिवार ०८:२२:०२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana