Logo

शनिवार, मंसिर १३ गते २०७७

प्रधानमन्त्रीले 'रअ' का प्रमुख भेटेपछि भीम रावलको कडा आपत्ति, कुटनीतिक मर्यादा ननाघ्न ओलीलाई चेतावनी

नेपालपाना कार्तिक ६ २०७७
  • 5
    SHARES
  • प्रधानमन्त्रीले 'रअ' का प्रमुख भेटेपछि भीम रावलको कडा आपत्ति, कुटनीतिक मर्यादा ननाघ्न ओलीलाई चेतावनी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेट्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा कडा आपत्ति जनाएका छन् ।

    उनले यसलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीतको गतिविधि भनेका छन् । प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरेर ओली र गोयलबीच बुधवार राती भेट भएको पुष्टि गरेलगत्तै राष्ट्रवादी नेता रावलले ट्वीटरमार्फत कडा आपत्ति जनाएका हुन् ।

    ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ’ उनले लेखेका छन्, ‘कुटनीतिक मर्यादा विपरीत छ ।’


    कार्तिक ६, २०७७ बिहिवार १४:५३:२६ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana