Logo

शुक्रवार, मंसिर १२ गते २०७७

महाराजगन्जको पाकिस्तानी दूतावास अगाडि भारतीय युवा संघको प्रदर्शन, काश्मिरमा पाकिस्तानले आक्रमण गरेको कालो दिनको विरोध

नेपालपाना कार्तिक ६ २०७७
  • 2
    SHARES
  • महाराजगन्जको पाकिस्तानी दूतावास अगाडि भारतीय युवा संघको प्रदर्शन, काश्मिरमा पाकिस्तानले आक्रमण गरेको कालो दिनको विरोध

    काठमाडौं । भारतीय युवा संघ नेपालले पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेर अक्टोबर २२ लाई कालो दिवसका रुपमा मनाएको छ ।

    काठमाडौंको महाराजगन्जमा रहेको पाकिस्तानी दूतावास अगाडि युवाहरु भेला भएर प्रदर्शन गरेका हुन् । अक्टोबर २२ मा पाकिस्तानी सेनाले जम्मू काश्मिरमा गरेको आक्रमणको विरोधमा भारतले यो दिनलाई कालो दिनका रुपमा मान्दै आएको छ ।

    भारत र पाकिस्तान छुट्टिएपछि बीचमा रहेको हिमालय देश जम्मू काश्मिरमा पाकिस्तानी सेनाले स्थानीय आक्रमणकारीको सहयोगमा १९४७ अक्टोबर २२ मा आक्रमण गरेर लाखौं हिन्दु, सिख र मुस्लिमलाई मारेको थियो । साथै जम्मू काश्मिरलाई कब्जामा लिने प्रयास गरेको थियो । अहिले पनि एक तिहाई भूभाग पाकिस्तानको कब्जामा छ ।

    भारतीय युवा संघका कार्यकर्ताले दूतावास अगाडि पाकिस्तान र पाकिस्तानी सेना मुर्दावाद, पाकिस्तानमा अल्पसंख्यकमाथिको अत्याचार रोक, अल्पसंख्यकलाई नमार, हिन्दु, सिख र इसाईहरुमाथि अत्याचार रोक जस्ता नारा लगाउँदै पाकिस्तान र पाकिस्तानी सेनाबिरूद्ध प्रदर्शन गरेका थिए ।

    प्रदर्शन कार्यक्रममा ५० जना भन्दा बढी कार्यकर्ता सहभागी थिए ।


    कार्तिक ६, २०७७ बिहिवार १५:४७:४२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana