Logo

शुक्रवार, मंसिर १२ गते २०७७

भारतसँग मिलेर प्रचण्डले आफूलाई हटाउन खोजेको भन्ने ओलीले 'रअ' प्रमुख भेटेपछि नेकपामा आगो बल्यो !

नेपालपाना कार्तिक ७ २०७७
  • 3
    SHARES
  • भारतसँग मिलेर प्रचण्डले आफूलाई हटाउन खोजेको भन्ने ओलीले 'रअ' प्रमुख भेटेपछि नेकपामा आगो बल्यो !

    काठमाडौं । गत असारमा प्रधानमन्त्री केपी ओलीले भारतसँग मिलेर आफूलाई पार्टि भित्रैबाट हटाउन लागिएको अभिव्यक्ति दिए ।

    उक्त अभिव्यक्ति प्रचण्डप्रति लक्षित थियो । त्यतिखेर पार्टी विवाद उत्कर्षमा पुगेको र ओलीलाई हटाउनेसम्मको निष्कर्ष निकालेका बेला ओलीले पद जोगाउन प्रचण्ड समूह र भारतलाई दोष दिएका थिए ।

    भारतको विरोध गरेर राष्ट्रवादी छवि बनाएका ओलीले हालै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेटेपछि उनको राष्ट्रवादी छविमा आगो लागेको छ । त्यतिमात्रै होइन आफूलाई भारतीय भनेर आरोप लगाउने प्रचण्ड समूह अहिले ओलीको असली चरित्र उदाङ्गिएपछि आक्रोशित बनेको छ ।

    प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, भीम रावलहरुले ओलीको यस्तो कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । अब ओलीलाई नछोड्ने उनीहरुको रणनीति छ । ओलीले कुटनीतिक मर्यादा नाघेपछि सबैभन्दा क्रुद्ध नेपाल समूह देखिन्छ । जसले पार्टी र सरकारमा विधि पद्धतीको कुरा गर्दै आएको छ ।

    प्रचण्ड समूह आगो बनेपछि अब कस्तो परिणाम दिने हो त्यो त हेर्न बाँकी नै छ ।


    कार्तिक ७, २०७७ शुक्रवार ११:२२:५९ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana