Logo

शुक्रवार, मंसिर १२ गते २०७७

ओली शासनमा जनताले खान र उपचारै नपाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको कडा सन्देश

नेपालपाना कार्तिक ७ २०७७
  • 3
    SHARES
  • ओली शासनमा जनताले खान र उपचारै नपाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको कडा सन्देश

    काठमाडौं । कोरोना परीक्षण र उपचार खर्च आफै व्यहोर्नुपर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मुख खोलेका छन् ।

    केपी ओलीको शासनमा जनताले खान र उपचार नपाई दु:ख पाएपछि पूर्वराजा शाहले जनता अभिभावकबिहीन बनेको र आफूलाई पीडा भएको उल्लेख गरेका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको उल्लेख गरेका छन् ।

    उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’ रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उनले बताएका छन् ।

    राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।


    कार्तिक ७, २०७७ शुक्रवार २१:२०:११ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana