Logo

शुक्रवार, मंसिर १२ गते २०७७

ओलीलाई काउण्टर दिँदै कर्णालीका मुख्यमन्त्री शाहीले जनताको लागि लिए यस्तो निर्णय, प्रदेशभरी प्रशंसा !

नेपालपाना कार्तिक ८ २०७७
  • 3
    SHARES
  • ओलीलाई काउण्टर दिँदै कर्णालीका मुख्यमन्त्री शाहीले जनताको लागि लिए यस्तो निर्णय, प्रदेशभरी प्रशंसा !

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड-१९ को लक्षण सहितका बिरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निःशुल्क गर्ने निर्णय गरेको छ।

    यसअघि, संघीय सरकारले कोरोनाका विरामीको उपचार सरकारले नगर्ने निर्णय गर्दा चौतर्फी विरोध भएको थियो । लगतै, मुख्यमन्त्री शाहीले प्रदेशमा कोरोना विरामीको निशुल्क उपचार हुने बताएका थिए।

    शनिवार बसेको बैठकले अरु १६ वटा निर्णय पनि गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता विमला केसीले जानकारी दिइन्।

    त्यसैगरी, सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणका बीच भएको समझदारी पत्र (एमओयू) अनुमोदन गर्ने, कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृती प्रदान गर्ने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, जस्ता विभिन्न निर्णय गरेको छ।


    कार्तिक ८, २०७७ शनिवार १५:३९:४३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana