Logo

शुक्रवार, मंसिर १२ गते २०७७

नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदुत क्वात्राले दिए दशैँको शुभकामना

नेपालपाना कार्तिक १० २०७७
  • 6
    SHARES
  • नेपाली भाषामा ट्वीट गर्दै भारतीय राजदुत क्वात्राले दिए दशैँको शुभकामना

    काठमाडौं । नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालीहरुलाई दशैँको शुभकामना दिएका छन्। 

    सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सोमबार शुभकामना व्यक्त गर्दै दशैँले स्वास्थ्य समृद्धि र भाग्य ल्याउने विश्‍वास गरेका छन्।

      उनले दशैँलाई असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक पनि भनेका छन्।

      'असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना', शुभकामना सन्देशमा भनेका छन्, 'यस चाडले तपाईं र तपाईंको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस।'


    कार्तिक १०, २०७७ सोमवार ११:२०:४३ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana