Logo

शुक्रवार, मंसिर १२ गते २०७७

नेकपाका निर्वाचित जनप्रतिनिधि र युवा संघका नेतासहित एक दर्जन 'जुवाडे' पक्राउ

नेपालपाना कार्तिक ११ २०७७
  • 4
    SHARES
  • नेकपाका निर्वाचित जनप्रतिनिधि र युवा संघका नेतासहित एक दर्जन 'जुवाडे' पक्राउ

    गुल्मी । गुल्मीमा जुवा खालबाट सत्तारूढ नेकपाका जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले पक्राउ परेकाहरुको परिचय खुलाउन चाहेनन् ।

    तर, स्थानीयका अनुसार रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डेलगायतलाई छन् ।

    उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो । उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।


    कार्तिक ११, २०७७ मंगलवार ११:४२:२८ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana