Logo

शनिवार, मंसिर १३ गते २०७७

सेनालाई हतियार र खाना नदिने सरकार बिरुद्ध खुलेर बोले पाकिस्तानका पुर्व प्रधानमन्त्री शरिफ, 'आईएसआई' लाई पनि छोडेनन् !

नेपालपाना कार्तिक ११ २०७७
  • 12
    SHARES
  • सेनालाई हतियार र खाना नदिने सरकार बिरुद्ध खुलेर बोले पाकिस्तानका पुर्व प्रधानमन्त्री शरिफ, 'आईएसआई' लाई पनि छोडेनन् !

    पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले भारतसँगको कारगिल युद्धको बारेमा बयान दिएका छन्। उनले पाकिस्तानी सेनाका 'निश्चित सेनापतिहरूलाई' देशलाई युद्धमा तान्नका लागि दोष दिएका छन् ।

    ११ विपक्षी दलको पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (PDM) को जुलुसमा बोल्दै शरीफले पाकिस्तानी सैनिकहरूले कसरी खाना र हतियारबिना युद्द लडिरहेका थिए भनेर पनि भनेका छन्।

    १९९९ को भारत पाकिस्तान युद्धको समयमा पाकिस्तानका प्रधानमन्त्री रहेका शरीफले भने, 'कारगिलमा हाम्रा सयौं सैनिकहरूको मृत्युको लागि केही सेनापतिहरू जिम्मेवार थिए। केही सेनापतिहरुको ब्यक्तिगत स्वार्थ जसले हामी युद्धमा धकेल्यौ, मलाई यो कुरा भन्दा दु:ख लाग्छ कि जब हाम्रा सिपाहीहरू चुचुरमा थिए उनीहरूसँग खानेकुरा र हतियार थिएन । फेरी पनि उनीहरूले आफ्नो ज्यान दिए तर देश वा समाजले के प्राप्त गर्यो। '

    लगभग ३ महिना चलेको यो निर्णायक युद्ध भारतको जीतसँगै समाप्त भयो। भारतीय सेनाले जम्मू कश्मीरको पूर्व राज्यबाट कारगिल क्षेत्रलाई सफलतापूर्वक खाली गरेको थियो, जुन पाकिस्तानी सेनाले कब्जा गर्न खोजेको थियो । परवेज मुसर्रफ र उनका साथीहरूको ब्यक्तिगत फाइदाको लागि १२ अक्टोबर १९९९ मा षडयन्त्र रचे र मार्शल कानुन घोषणा गर्नेहरु नै कारगिल युद्धका पछाडी थिए।

    बलूचिस्तानको क्वेटामा सम्पन्न पीडीएमको तेस्रो रैलीमा बोल्दै श्रापले उनले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवा र पाकिस्तानको जासूसी एजेन्सी आईएसआई जनरल फैज हमिदलाई पनि छाडेनन् । उनले भने, 'जनरल बाजवाले २०१८ को पाकिस्तानी चुनावको जनादेश चोरेका थिए, उनले इमरान खानलाई पाकिस्तानको प्रधानमन्त्री बनाए जो जनादेशको बिरूद्ध थियो।'


    कार्तिक ११, २०७७ मंगलवार १२:४८:२० बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana