दशैंको विदापछि शेयर बजारमा उत्साहजनक बृद्धि

  |   प्रकाशित :

काठमाडौं । दसैंको विदा पछि खुलेको शेयर बजारमा लगानीकर्ताहरुको उत्साहजनक बृद्धि भएको छ ।

बुधवार शेयर बजार खुलेदेखि नै बजारमा उत्साहजनक बृद्धि हुँदा ४१ दशमलव २० अंकले बढेर नेप्से परिसूचक १ हजार ६ सय ४७ दशमलव ४५ बिन्दुमा पुगेको हो ।

१८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँको कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.२१ अंकले बढेर ३२७.७६ बिन्दूमा पुगेको छ । कारोबारको सुरु देखि नै बैंकिङ समूहमा लगानीकर्ताको आर्कर्षित भएका छन् ।

कारोवारमा बैकिङ समूहको उपसूचक ५५.१५ अंकले बढेको छ । त्यसैगरी होटल ३२.८५, विकास बैंक ६०.९७, वित्त कम्पनी १३.३८, निर्जीवन बीमा ४७.०७, जीवन बीमा ११०.६८, माइक्रोफाइनान्स समूहको उपसूचक २५.१९ अंकले बढेको छ ।

सर्वसाधारण लगानीकर्ताहरुले आफूसंग बचेको रकम शेयर बजारमा लगानी गरेको अनुमान बिश्लेषकहरुको छ । यस पटकको दशैमा उपभोग्य बस्तुमा खासै खर्च नभए पछि बँचेको रकमलाई लगानीकर्ताले शेयर बजारमा लगानी गरेको बिश्लेषकको अनुमान छ । बिदाको बेला लाभांस घोषणा गरेको ग्लोबल आइएमइ बैंकको सर्वाधिक सेयर किनबेच भएको छ ।

अन्य बैंकहरुको पनि शेयर कारोवार बढेको देखिएको छ । बजारमा अनलाइन कारोबार गर्नेहरुको संख्या बढेको कारणले गर्दा पनि शेयर बजारमा लगानीकर्ताको लगानी बढेको अनुमान गरिएको छ । लगानीकर्तालाई ब्रोकरको भरमा पर्न नपर्दा पनि बजारमा लगानी बढेको हुन सक्ने लगानीकर्ताको भनाइ छ ।

जुनसुकै ठाँउमा भएका लगानीकर्ताहरुले पनि शेयर बजारमा लगानी गर्न नसक्ने भएकोले बजारमा सबैको पहुँच बढेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech