Logo

शुक्रवार, मंसिर १९ गते २०७७

कराची र्‍याली : नवाज सरिफलाई सत्तामा फर्काउने र इमरान खानलाई जेल पठाउने मरियमको प्रतिबद्धता

नेपालपाना कार्तिक १२ २०७७
  • 34
    SHARES
  • कराची र्‍याली : नवाज सरिफलाई सत्तामा फर्काउने र इमरान खानलाई जेल पठाउने मरियमको प्रतिबद्धता

    कराची । पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) का उपप्रमुख मरियम नवाजले नवाज शरीफलाई फेरि सत्तामा ल्याउने र प्रधानमन्त्री इमरान खानलाई जेलमा पठाउने प्रतिबद्धता गरेकी छन् ।

    आइतबारको सरकार विरोधी र्‍यालीमा बोल्दै मरियमले कोभिड १९ महामारीको बीचमा पनि कोरोना नियन्त्रणका लागि प्रयास गरेको बताइने । संघीय सरकारले अपमान गरिरहेका बेला प्रान्तीय सरकारले गरेको प्रयासको प्रशंसा गरेकी छन् ।

    "हिजो तपाईले आफ्नो टिभी स्क्रिनमा एक जना मान्छे आफ्नो पराजय चिच्याएको अवश्य देख्नु भएको छ । तपाईंले [प्रधानमन्त्री इमरान खान] मानिसहरूलाई धोका दिइरहनु भएको छ । तपाईंले चाँडै यो मुलुकलाई जोगाउन सत्ताबाट बाहिरिनुपर्छ," उनले भनिन् ।

    उनले थपिन्, "तपाईंको डर हरेक शब्दबाट, तपाईंको हर कार्यबाट स्पष्ट देखिन्थ्यो र मानिसहरूले तपाईको अनुहारमा यो डर देख्‍न चाहन्छन्।"

    "यदि तपाईंलाई कसरी अनुग्रह देखाउने थाहा छैन र तपाईंलाई सिकाउने कोही छैन भने, तपाईले नवाज शरीफबाट सिक्नुपर्दछ," उनले थपे ।

    पीटीआईका (पाकिस्तान तहरीक-ए-इन्साफ) प्रधानमन्त्रीको आलोचना गर्दै हालसालै शाहरह-ए-दस्तोमा १२६ दिने सभा असफल भएकोमा पीएमएल-एन नेता मरियनले भनिन्, "तपाईंले खाली कुर्सीहरुलाई सम्बोधन गर्नुभयो र प्रजातन्त्रको चिहान खन्‍नुभयो । [र अझै] नवाज शरीफले कहिले तपाईंको नाम लिनुभएन । आज पनि तपाईले चाहानुहुन्छ तर नवाज शरीफले तपाईको नाम पनि लिने छैनन् । किनभने एल्डरहरू बीचको लडाईंमा बच्चाहरूको कुनै भूमिका हुँदैन ।"

    कार्तिक १२, २०७७ बुधवार २१:२३:४३ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana