Logo

शुक्रवार, मंसिर १९ गते २०७७

पुर्व राजदुत उपाध्यायले लगाए सरकारमाथि यस्तो आरोप, बालुवाटारसम्म पुग्ला त कुरा?

नेपालपाना कार्तिक १३ २०७७
  • 40
    SHARES
  • पुर्व राजदुत उपाध्यायले लगाए सरकारमाथि यस्तो आरोप, बालुवाटारसम्म पुग्ला त कुरा?

    कपिलवस्तु । भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले सरकारले नेपालको कुटनीतिक तहको सम्वन्धमा भारत हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अघि बढेको आरोप लगाएका छन् ।

    प्रेस यूनियन कपिलवस्तुले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चर्को राष्ट्रवादको भाषण गर्ने वर्तमान सरकार कुटनीतिक पहलमा भने असफल भएको बताएका हुन् । सरकारले आफ्ना दुई ठुला छिमेकीसँग कुटनीतिक सम्वन्ध मजबुत बनाउन चुकेको उनको भनाइ छ ।

    नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व राजदूत उपाध्यायले भाषण उखान र टुक्कामा मात्रै राष्ट्रवाद झल्काउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जन चाहना अनुरुप काम गर्न नसकेको पनि बताए ।

    कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ । जनअपेक्षा भन्दा सरकार पार्टीभित्रको विवादमा रुमलिएको पूर्व राजदूत उपाध्यायले बताए ।

    कार्तिक १३, २०७७ बिहिवार १५:०३:०१ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana