Logo

शुक्रवार, मंसिर १९ गते २०७७

पाकिस्तानी पूर्वसभामुखको खुलासा : भारतीय आक्रमणको डरले काँपिरहेका थिए जनरल बाजवा, कुरैशीलाई आएको थियो पसिना

नेपालपाना कार्तिक १३ २०७७
  • 33
    SHARES
  • पाकिस्तानी पूर्वसभामुखको खुलासा : भारतीय आक्रमणको डरले काँपिरहेका थिए जनरल बाजवा, कुरैशीलाई आएको थियो पसिना

    इस्लामाबाद । भारतीय सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्धमानले गत साल २७ फेब्रुअरीमा पाकिस्तानी एफ-१६ फाइटर जेट खसालेका थिए। तर त्यसपछि उनको जहाज पनि दुर्घटनामा परेको थियो।

    उनी त्यसबेला पिओकेमा जहाजसँगै खसेका थिए। यस मुद्दामा पाकिस्तानमा आज पनि बहस जारी छ। पाकिस्तानका एक सांसदले बुधवार संसदमा बोल्दै भारतको डरका कारण इमरान खान सरकारले भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्धमानलाई अचानक रिहा गरिदिएका थिए। अभिनन्दनलाई रिहा गर्नुअघि पाकिस्तानी सेनाले हिरासतमा लिएको थियो।

    पाकिस्तानी संसदका पूर्व सभामुख तथा वर्तमान सांसद अयाज सादिकले संसदमा बोल्दै भने, 'मलाई थाहा छ महमूद शाह कुरैशी त्यस बैठकमा थिए जसमा इमरान खानले आउन इनकार गरिदिएका थिए। जनरल वाजवाका खुट्टा काँपिरहेका थिए, कुरैशीको निधारमा पसिना आइरहेको थियो। हामीसँग कुरैशीले भने, 'ईश्‍‍वरको कसम अब यसलाई जान दिऊँ। किनकि राति ९ बजे भारतले पाकिस्तानमाथि हमला गर्दैछ।'

    अयाज सादिकले अगाडि भने, 'भारतले कुनै हमला गर्ने योजना नबनाएको बताउँदै पाकिस्तान सरकार केबल घुँडा टेकेर अभिनन्दनलाई फिर्ता पठाउनु थियो, जो उनीहरुले गरे।'

    विङ्ग कमाण्डरले हिम्मत हारेनन्

    २७ फेब्रुअरि २०१९ मा पाकिस्तानी जहाज खसाल्दै भारतीय वायुसेनाका पाइलट अभिनन्दनले चलाएको मिग-२१ दुर्घटनामा परेको थियो। त्यसपछि उनी प्यारासुटबाट पिओकेमा झरेका थिए। उत्रिने क्रममा उनी एलओसीमा पुगेका थिए। त्यसपछि पाकिस्तानी सेनाले उनलाई आफ्नो कब्जामा लिएको थियो।

    जमिनमा झरेपछि उनलाई आफू भारत या पाकिस्तानमा रहेको थाहा भएन। तर जब पाकिस्तानी भूमिमै रहेको थाहा पाए तब उनले आफूसँग रहेका दस्तावेज पानीको तलाउमा फालिदिएका थिए केही कागज चबाएर निलिदिएका थिए। पाकिस्तानी सेनाको हातमा भारतीय सेनाका दस्तावेज हात नलागून् भन्‍नका लागि उनले यसो गरेका थिए। जमिनमा झरेपछि उनीमाथि पाकिस्तानीले कुटपिट गरेका थिए तर उनले हिम्मत हारेनन्।

    जब भारत सरकारले थाहा पायो तब उसले अभिनन्दनलाई बिनाशर्त रिहा गर्न भनेको थियो। भारतको कूटनीति आवी भएपछि पाकिस्तानी सरकारले तुरूत निर्णय लिएर विङ्ग कमाण्डर अभिनन्दनलाई भारत फिर्ता गर्यो। स्वयम् पाकिस्तानका प्रधानमंत्री इमरान खानले २८ फेब्रुअरीमा संसदमा अभिनन्दनलाई भारत फर्काउने कुरा घोषणा गरेका थिए।

    कार्तिक १३, २०७७ बिहिवार १५:२९:०१ बजे : प्रकाशित

    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana