Logo

शनिवार, मंसिर १३ गते २०७७

चीनले द्वन्द्वको अवस्थामा रिभर्सोका लागि तयारी गर्न जनमत बनाउदै

नेपालपाना कार्तिक १४ २०७७
  • 2
    SHARES
  • चीनले द्वन्द्वको अवस्थामा रिभर्सोका लागि तयारी गर्न जनमत बनाउदै

    काठमाडौँ । चीनले सन् २०२० को सुरुवात देखि नै कोभिड-१९ महामारीको फाइदा उठाइरहेको छ । ताइवान सामुद्र, दक्षिण चीन सागर र पूर्वी चीन सागरमा 'आफ्नो शक्ति प्रदर्शन गर्न' निरन्तर सैन्य विमान र युद्धपोत पठाइरहेको छ । जसले छिमेकी देशहरूसँगको सम्बन्ध थपि बिग्रिँदै गएको छ । मे २०२० देखि चीनले भारतसँगको सीमा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।

    चिनियाँ सेना पीएलएले लद्दाखको वास्तविक नियन्त्रण रेखालाई उल्लंघन गरेपछि जुन १५ मा दुबै पक्षबीच हिंसात्मक झडपसमेत भएको थियो । भारतले उक्त झडपमा आफ्नो तर्का २० सैनिक मारिएको सार्वजनिक गरे पनि चीनले आफ्नोतर्फ भएको क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन । विभिन्‍न औपचारिक पत्रहरु तथा मुलधारका मिडियाहरुले चीनतर्फ ठूलो क्षति भएको विवरण सार्वजनिक गर्दा पनि चीन सरकारले पनि अझै आफ्नोतर्फको क्षतिलाई लुकाउने प्रयास गरिरहेको छ । 

    चिनियाँ अनलाइन सञ्‍चारमाध्यमहरुका अनुसार पीएलएभित्र एक अभियान सुरु गरिएको छ । जहाँ पीएलए सैनिक र अधिकारीहरुलाई यदि उनीहरूले आफ्नो देशका लागि आफ्नो जीवन दिए भने आफ्ना परिवारलाई विदाई पत्र लेख्‍न भनिएको छ । प्रतिवेदनले युद्धरत क्षेत्रमा रहेका सैनिकहरूको त्याग र समर्पणको वफादार जागरूकताका रूपमा पठाएको यी पत्रहरुले पीएलएभित्र यस्तो अभियान चलिरहेको कुरालाई ब्याख्या गरेको छ । चीनले यी युद्ध पत्रका माध्यमबाट पीएलए सैनिकहरूलाई रणभूमिको सामना गर्न तयार पार्न कोशिस गर्दैछ, सचेत हुन आवश्यक छ । 

    यस्तो पत्र लेख्‍ने अभियान चीनको फुजियामा रहेका पीएलए सैनिकबाट सुरु गरिएको थियो । यो अत्यधिक प्रतीकात्मक छ, फुजियानमा एकैपटक ४१ वटा पत्र पोष्ट गरिएका छन् । चीनले अझै पूर्वी थिएटरमा अझ बढी भरोसा राख्छ र चीनले पीएलएभित्र एकतिर आन्तरिक भावनलाई बढाउने प्रयास गर्दैछ भने अर्कोतिर बाह्यरुपमा ताइवानलाई त्रास देखाइरहेको छ । 

    सीसीपीको वुल्फ-वार कूटनीति, विशेष गरी महामारीकै बीचमा हङकङका लागि जारी राष्ट्रिय सुरक्षा कानुन जारी गरियो । जसले पश्‍चिमी विश्वको ध्यानार्षण भयो र पश्‍चिमी मुलुकहरु आक्रोशित बने । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा एक वैश्विक गठबन्धनको तयार भएको चीनविरुद्ध लागेको छ । सीसीपीले हवाई रक्षाको तयारीलाई प्रचार गर्दै युद्धको वातावरण सिर्जना गर्दै छ र तिब्बतदेखि ताइवानको स्ट्रेट्ससम्म प्रत्यक्षरुपमा सैन्यअ अभ्यास सुरु गरिसकेको छ । 

    सीसीपी र पीएलए जूनको मध्यमा गलवान भ्यालीमा भएको क्षतिको सामना गर्न तयार थिएनन् । चीनको लागि कडा बलिदान चढाउने सेनाका संख्याबारे पनि चीन बेखबर छ र कतपिय सैनिक अझै हराइरहेका छन् । यसले नकारात्मक जनमतलाई उक्साउन बाध्य पार्छ र पार्टी र पीएलएभित्र जवाफदेहीताको माग गर्न सक्छ । यी पत्रहरु दुबै सिपाही र चिनियाँ जनतालाई तयार पार्न चीनमा चेतना जगाउने दिशामा कडा कदम हुनसक्दछन् भन्ने छ । 

    पीएलए एक बलियो शक्ति हो भन्‍ने चिनियाँ प्रचारको बाबजुद पनि हिमालयमा युद्ध भएको खण्डमा यसको उल्टो र हताहत हुन सक्छन् भन्‍ने हो । युद्धअघि नै शोकको चिठी लेख्ने घटनाले पीएलएभित्र रहेको विश्वासको कमीलाई पनि प्रतिबिम्बित गर्दछ । 


    कार्तिक १४, २०७७ शुक्रवार ०७:५६:१६ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana