Logo

शुक्रवार, मंसिर १२ गते २०७७

युरोपमा कोरोनाको दोश्रो लहर भयाबह, जर्मनी र फ्रान्सद्वारा लकडाउन

नेपालपाना कार्तिक १४ २०७७
  • 7
    SHARES
  • युरोपमा कोरोनाको दोश्रो लहर भयाबह, जर्मनी र फ्रान्सद्वारा लकडाउन

    एजेन्सी । यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिनथालेको छ । यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ । महामारी भयावह बन्न थालेपछि फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएको छ । दैनिक कोरोना संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि यूरोपका शक्तिशाली दुवै देशहरुले लकडाउनको घोषणा गरेका हुन् ।

    फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले शुक्रबारबाट लागू हुने गरी लकडाउनको घोषणा गरेका हुन् । लकडाउन फ्रान्सभर हुनेछ । लकडाउनमा अत्यावश्यक र स्वास्थ्यको कारण मात्र बाहिर निस्कन पाइनेछ । व्यवसाय तथा मनोरञ्जनका लागि घरबाट बाहिर जान पाइनेछैन । तर, विद्यालय र कलकारखाना भने खुल्नेछन् ।

    फ्रान्समा एकै दिन ३३ हजार नयाँ संक्रमित पत्ता लागेपछि लकडाउनको घोषणा भएको जनाइएको छ ।

    यसअघि जर्मन चान्लसर एन्जेला मार्कलले पनि विशेष घोषणा गरेकी थिइन् । बुधबार उनले आंशिक लकडाउनको घोषणा गरेकी हुन् । २ नोभेम्बरबाट लागू हुनेगरी आंशिक लकडाउनमा १६ प्रकारका नियम लगाएको छ ।

    स्कुल र किन्डरगार्टेन्स खुल्नेछन्, अधिकतम दुई परिवारका गरी १० जनाभन्दा बढी भेला हुन पाइनेछैन, बार र रेष्टुरेन्टमा सिमित उपस्थिति हुन दिइनेछ, मसाज र टाटु पार्लर बन्द गरिनेछ ।

    यसैगरी, यूरोपको अर्को शक्तिशाली मुलुक बेलायतमा पनि कोरोना महामारी बढेको छ । एक अध्ययनले बेलायतमा दैनिक एक लाख नयाँ संक्रमित थपिन थालेको देखाएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार ०८:५८:१७ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana