Logo

शनिवार, मंसिर १३ गते २०७७

ओलीको मनोमानी बिरुद्ध प्रचण्ड उत्रिए एक्सनमा, काँग्रेससँग मिलेर यस्तो छ प्रधानमन्त्रीलाई पदच्यूत गर्ने तयारी !

नेपालपाना कार्तिक १४ २०७७
  • 4
    SHARES
  • ओलीको मनोमानी बिरुद्ध प्रचण्ड उत्रिए एक्सनमा, काँग्रेससँग मिलेर यस्तो छ प्रधानमन्त्रीलाई पदच्यूत गर्ने तयारी !

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् केपी शर्मा ओलीको एकलौटी निर्णयबाट आजित बनेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार जान छोडेसँगै नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।

    दुवै जना अध्यक्षबीच विवाद उत्पन्न भएपछि ओली पक्षका नेताहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको ओली पक्षको आरोप छ । ‘पार्टीभित्रबाटै सरकारविरुद्ध तिव्र असन्तुष्टी आइरहेका छन् ।

    माधव नेपालसहित प्रतिपक्षी दल कांग्रेसँग मिलेर अध्यक्ष प्रचण्डले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको हल्ला हामीले सुनेका छौं’, प्रधानमन्त्री निकट एक नेताले भने ।

    नेकपा विवाद मिलाउन गठित कार्यदलको प्रतिवेदन र भदौ २६ को स्थायी समितिको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री अनिच्छुक देखिएको र कर्णाली प्रदेश सरकारको हकमा समेत भएको निर्णयविपरित उनका सल्लाहकारबाट गलत वक्तव्यवाजी भएको भन्दै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसंग असन्तुष्ट हुँदै आएका छन् ।

    गत भदौ २६ को स्थायी समिति वैठकले दुवै अध्यक्षको सल्लाहमा पार्टी र सरकार चलाउने, विधि, विधान र पद्धतिको समेत ख्याल गर्दै अघि बढ्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले सहमति विपरित राजदूत र मन्त्री नियुक्ती एकलौटी रुपमा गरेको भन्दै नेकपाभित्र तिव्र असन्तुष्टी छ ।

    त्यसपछि भारतीय गूप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्रीले गरेको गोप्य भेटघाटबारे पार्टीलाई कुनै जानकारी नदिएको भन्दै नेकपा नेताहरु प्रधानमन्त्रीसँग रुष्ट बन्दै आइरहेका छन् । यता अध्यक्ष प्रचण्ड पक्षका नेताहरुले भने सरकारविरुद्ध अश्विासको प्रस्ताव लैजाने हल्ला झूट भएको दाबी गरेको छ ।

    एकलौटी निर्णयले आजित बनेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग सामूहिक कुरा गर्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले वान टु वान वार्ताका माध्यमबाट सहमति झनै उल्लंघन भएको भन्दै सचिवालय बैठकमार्फत प्रधानमन्त्री ओलीसँग सम्वाद गर्ने जवाफ दिएका छन् ।

    ‘कांग्रेससँग मिलेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव लगाउने विषय ओली पक्षका नेताहरुले पिटेको हौवा हो । अहिलेको विषम परिस्थितिमा सबै मिलेर अगाढि बढ्नुपर्ने पक्षमा हामी छौं’, अध्यक्ष प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘पार्टीभित्रको विवादलाई वार्ता र संवादका माध्यमबाट टुंगो लगाउनुपर्छ । तर, प्रधानमन्त्रीजीले सहमति भएका कुराहरुलाई कार्यान्वयन गर्नुको सट्टमा उल्लंघन गर्दै जानु पार्टीका लागि घातक हुनेछ ।’


    कार्तिक १४, २०७७ शुक्रवार ११:३५:२२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana