Logo

शनिवार, मंसिर १३ गते २०७७

टिचिङ अस्पताललाई स्वास्थ्यसामग्री वितरण गरेर तरुण दलले मनायो स्थापना दिवस

नेपालपाना कार्तिक १४ २०७७
  • 4
    SHARES
  • टिचिङ अस्पताललाई स्वास्थ्यसामग्री वितरण गरेर तरुण दलले मनायो स्थापना दिवस

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अत्यावश्यक स्वास्थ्यसामग्री सहयोग गरेको छ । 

    तरुण दलले आफ्नो ६८ औं स्थापना दिवसको अवसरमा शुक्रबार अस्पताल पुगेर स्वास्थ्यसामग्री हस्तान्तरण गरेको हो ।  तरुण दल केन्द्रिय समितिका तर्फबाट केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं लगायतले कोभिड–१९ को उपचारमा सहयोगको लागि ४ हजार थान मास्क, ३० थान पीपीई सेट र ५२ थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् ।

    अस्पतालका प्रतिनिधि डा सुबास आचार्य र डा. लक्ष्मण श्रेष्ठलाई स्वास्थ्यसामग्री हस्तान्तरण गरिएको तरुण दलले जनाएको छ ।  कोरोनाको उपचार खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानका लागि सहयोग उपलब्ध गराइएको तरुण दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ  तरुण दल केन्द्रिय अध्यक्ष बस्नेतले आगामी दिनमा पनि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

    तरुण दलले स्वास्थ्य सामग्री सहयोग गर्ने नेपाली काँग्रेस काठमाण्डौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद दिएको छ । तरुण दलले नेपालमा कोरोना संक्रमण सुरु भएदेखि निरन्तर स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्यसामग्री सहयोग गर्दै आएको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १५:२७:०७ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana