पुनम पाण्डे बिरुद्ध मुद्दा

  |   प्रकाशित :

मुम्बई । प्रायः विवादमा आइरहने मोडल तथा अभिनेत्री पुनम पाण्डे अर्को समस्यामा परेकी छन् । उनीविरुद्ध गोवा फरवर्ड पार्टीको महिला विभागले मुद्दा दर्ता गराएको छ ।

उनीमाथि गोवामा अश्लील भिडियो सुट गरेको आरोप लगाइएको छ । 

समाचार एजेन्सीका अनुसार गोवाको कनाकोना पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिमाथि पनि एफआईआर दर्ता गरिएको छ । उक्त व्यक्तिले चपोली ड्याममा अभिनेत्री पुनमको अश्लील भिडियो सुट गरेको आरोप लागउँदै निवेदन दर्ता भएको हो । यसअघि पनि गोवामा पुनम विवादमा परेकी थिइन् ।

हनिमुनको क्रममा दुवैबीच भएको झगडापछि अभिनेत्री पुनमले पति सैम बाम्बेविरुद्ध कुटपिटको आरोप लगाएकी थिइन् । त्यसपछि पुलिसले सैमलाई हिसारतमा लिएको थियो । केही दिनपछि पुनम र सैमबीच सम्झौता भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech