चीनविरुद्ध जो बाइडनले जनाए पहिलो कडा प्रतिकृया, चिनियाँ प्रभाव रोक्नुपर्ने भन्दै दिए यस्तो अभिब्यक्ति !

  |   प्रकाशित :

काठमाडौं । भखरैँ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले चीनको बढ्दो प्रभावविरुद्ध लड्नुपर्ने बताएका छन् ।

जो बाइडनले अमेरिका र उसका सहयोगी मुलुक मिलेर चीनको बढ्दो प्रभावविरुद्ध लड्नुपर्ने बताएका हुन् । यद्यपि उनले चीन सम्मिलित एसियाली व्यापार सम्झौतामा सहभागी हुने वा नहुने भन्ने विषयमा भने केही बताएका छैनन् ।

आइतबार एसियाली मुलुकहरुको व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । १५ मुलुकबीचमा भएको आरसीईपी सम्झौतामा जोडिने वा नजोडिने भन्ने विषयमा गरिएको प्रश्नमा बाइडनले आफू अझै कार्यालयभन्दा बाहिर रहेको र आफूले अमेरिकाको व्यापारिक नीतिको विषयमा सल्लाह गर्न बाँकी रहेको बताए । 

उनले अहिले अमेरिकामा केवल एकजना मात्र राष्ट्रपति रहेको कुरालाई पनि मनन गर्नुपर्ने बताए । बाइडनले अहिले अमेरिकाले समग्र विश्वको कुल ग्रार्हस्थ उत्पादनको २५ प्रतिशतको हिस्सा बनाएको र थप २५ प्रतिशत वा सोभन्दा धेरै अर्थतन्त्र भएका प्रजातान्त्रिक मुलुकहरुसँग सहकार्य गरी नीति निर्माण गर्नु जरुरी रहेको बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech