चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय, चिनियाँ निती र राष्ट्रपति सीको नियत उदांगियो !

  |   प्रकाशित :

काठमाडौं । चीनमा कोरोना भाइरसबारे रिपोर्टिङ गर्दा पत्रकारलाई जेल सजाय भएको छ । 

कोरोना भाइरस महामारीको सङ्क्रमण पहिलो पटक वुहानमा नै देखिएको थियो । सोही कोरोना प्रकोपलाई लिएर वुहान शहरको बारेमा रिपोर्टिङ गर्ने एक चिनियाँ पत्रकारले पाँच वर्षको जेल सजाय भोगिरहेको भर्खरै सार्वजनिक भएको दस्तावेजले जनाएको हो । 

गएको मे महिनामा पक्राउ गरिएपछि ३७ वर्षीया झाङ्ग झानलाई नजरबन्दमा राखिएको बीबीसीमा उल्लेख छ । उनीमाथि ‘विवाद उठाउने र भड्काउने’ आरोप लगाइएको छ, यो आरोप प्रायः चीनका अभियानकर्तामाथि लगाइँदै आइएको छ ।  

भाइरसलाई लिएर वुहानको रिर्पोटिङ गर्दा समस्यमा परेकी झाङ्ग पहिलो नागरिक होइनन् । फेब्रुअरीमा कम्तीमा तीन जना हराएका छन् । तीमध्ये एक, ली जेहुआ, जसलाई अप्रिलमा क्वरेण्टीनमा रहेको भनिएको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech