मोदी र बाइडनबीच फोन वार्ता, यस विषयमा भयो छलफल 

  |   प्रकाशित :

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । 

उनीहरु बीचमा इन्डो–अमेरिकी रणनीतिक सहकार्य बढाउने, सहुलियतपूर्णरुपमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने, जलवायु परिवर्तन न्यूनीकरणका लागि कदमहरु चाल्नेलगायतका विषयमा छलफल भएको भारतको विदेश मन्त्रालयले बुधबार जनाएको छ । 

वार्ताको क्रममा मोदीले बाइडनलाई निर्वाचनमा जित हात पारेकोमा बधाई पनि दिएका थिए । यसअघि बाइडनले भारतको सरकारले ल्याएका केही कानुन तथा कदमको विरोध गर्दै आएका थिए । तर, विश्लेषकहरुले भने अमेरिकाले चीनको प्रभाव रोक्नका लागि पनि आगामी दिनमा भारतसँग सहकार्य गरेर अघि बढ्नु जरुरी रहेको बताएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech