'प्रचण्डले ओलीमाथि लगाएका आरोप जायज छन्'

  |   प्रकाशित :

काठमाडौं। राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली माथि लगाएका आरोपहरु जायज भएको बताएका छन् । 

हिजो राति एक कार्यक्रममा बोल्दै अध्यक्ष डा. लोहनीले यस्तो बताएका हुन् । साथै उनले दाहालले प्रधानमन्त्री ओलीमाथि लगाएका आरोपहरु सत्य रहेको र ती कुराहरु आफूहरुले पनि उठाएको स्पष्ट पारेका छन् ।

उनले आफूहरुले उठाएका कुराहरु नेकपाभित्रैबाट कुरा उठ्नु सकारात्मक कुरा भएको उनको भनाई छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech